एमाले कार्यदलको बैठक बस्दै



नेकपा एमाले कार्यदलको बैठक आज (बिहिबार) पनि बस्दै छ ।कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले विहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताए ।सोमबारदेखि कार्यदल बैठक निरन्तर बसिरहेको भएपनि कार्यदलले ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ ।नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । त्यसपछि ओली र नेपालबिच अलग–अलग वार्ता भएको थियो ।

मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपालले भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा अडान लिए पछी सहमती हुन सकेको थिएन । आज बस्ने कार्यदलको बैठकमा भने सहमती जुट्न सक्ने कार्यदलका ओली पक्षीय संयोजक सुवास नेम्वाङले जानकारी दिएका छन ।

प्रकाशित मिति : असार २४, २०७८ बिहिबार  १० : ११ बजे