नेपाली काँग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकास सिंह कार्किले पार्टिको आसन्न १४ महाधिबेशनलाई सभ्य, भब्य र निश्पक्षताका साथ सफल बनाउन सबै एक्जुट भएर लाग्नुपर्ने बताएका छन ।
काठ्माण्डौको कमलपोखरिस्थित हुकुम दरबार होटेलमा आयोजित सोलुखुम्बुको नेचासल्यान गाउपालिकाका काठ्माण्डौमा उपलब्ध कांगेस नेता कार्यकर्ताहरुको भेटघाट तथा अन्तर्क्रीया कार्यक्रममा बोल्दै कांगेसको उधोग तथा ब्यापार बिभागका केन्द्रिय सदस्य समेत रहेका नेता कार्किले पार्टिको आसन्न जिल्ल्ला अधिबेशनले पार्टी भित्रका सबै असमझदारिको समाधान गर्ने बिश्वास ब्यक्त गर्दै जिल्ला अधिबेशन सफल पार्न सबैलाई आग्रह गरेका हुन ।नेता कार्किले काँग्रेसको भबिष्य राम्रो रहेको दाबी गर्दै पार्टिलाई एकताबद्द र संगठित बनाएर लान पार्टिको आसन्न जिल्ला अधिबेशनले महत्वपुर्ण भूमिका खेल्ने बिष्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेता कार्किले आफु पहिले देखिनै जिल्लामा पार्टी एकजुट बनाउन लागिपरेको भन्दै सोलुखुम्बु काँग्रेस एकताको बाटोमा अघी बढिरहेको दाबी गरे । उनले पार्टी भित्र आफ्ना कार्यकर्ता बनाउने भन्दा पार्टिका सबैलाई आफ्नो ठानेर आफु अघी बढेको जानकारी गराए ।

नेता कार्किले आसन्न जिल्ला अधिबेशनबाट पार्टिमा युबा पुस्ता अघी आउनुपर्नेमा जोड दिदै भने “म युबाहरु अघी आउन भन्ने पक्षमा छु,अब पार्टी र राजनिती हाक्ने युबा पुस्तालेनै हो,अग्रज नेताहरुलाई सम्मन गर्दै युबाहरु अघि आउनुपर्छ ।”कार्किले आफु सोलुखुम्बुका सबै नेताहरुलाई जोड्ने पक्षमा रहेको भन्दै छिट्टै जिल्लाका सबै नेताहरुसग पनि छलफल कार्यक्रम राख्ने समेत जानकारी दिए ।
कार्यक्रममा काँग्रेस सोलुखुम्बुका नेता एबम पर्यटन ब्यबसायी आङ छिरिङ शेर्पा, काँग्रेस सोलुखुम्बुका नेताहरु राम बहादुर बस्नेत, हुत्तराज बस्नेत, उद्दब कुमार शर्मा ,सुर्य कुलुङ ,महाधिबेशन प्रतीनिधी एबम तरुण दलका जिल्ला अध्यक्ष अशोक झा, महिला संघ केन्द्रिय सदस्य डोल्मा तामाङ्, पार्टिका जिल्ला सदस्य सन्तोस कटेल, डुकादेबी शर्मा, पार्टिका नेताहरु भोजकुमार बस्नेत,दुर्योधन राइ लगायतले आ- आफ्नो धारणा राखेका थिए ।








