दला दर्ता खारेजीको माग हास्यास्पद : माओवादी केन्द्र



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माओवादी केन्द्र खारेजीको माग हास्यास्पद भएको भन्दै खारेजीका लागि परेको निवेदन सम्बन्धमा पार्टिको ध्यानाकर्षण भएको जनाएको छ। पूर्व माओवादी केन्द्रका नेताहरुले मानओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले यस्तो बताएको हो ।

केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरिएको विज्ञप्तिमा उल्लेख छ।“हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,” बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार  ४ : ०४ बजे