नेकपा एमाले भित्रको अन्तरसघर्ष समाधान गर्न गठित कार्यदलको बैठकमा दुई पक्षबीच सहमति भएको छ । शुक्रबार दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो ।आजको वैठकपछि कार्यदलका सदस्य गोकण बिष्टले एकाध विषय बाहेक सबैमा सहमति भएको बताए ।
‘आजको बैठक धेरै लामो भएकोले भोलि बस्नेगरी स्थगित गरेका छौँ । छलफल गरेका आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषय बाँकी छ, भोलि टुंगो लगाउँछौं’ विष्टले भने ।जेठ २ गते गठन भएको कार्यदलले गत सोमवारदेखि छलफल शुरु गरेको थियो । भोलि कार्यदलमा अन्तिम टुंगो लागेपछि भोलि नै शीर्ष नेतालाई सहमतिको ड्राफ्ट बुझाउने कार्यदलको तयारी छ ।
सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।








