एमाले कार्यदल बैठक सकियो : आइतबार सहमती हुने नेताहरुको भनाइ



नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज (शनिबार) को बैठक सकिएको छ ।

छलफला सकारात्मका रहेको र भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन् ।

अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकपछि बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि (आइतबार) सार्थक निष्कर्षमा पुगिने बताए । आज लगभग निष्कर्षमा पुगिसकेको उनको भनाइ छ ।

लामो समयदेखि अनौपचारिक संवादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल जारी राखेका छन् ।

प्रकाशित मिति : असार २६, २०७८ शनिबार  ७ : २४ बजे