नेकपा एमाले विवाद समाधान कार्यदलको निर्णायक वार्ता सुरु भएको छ।माधव नेपाल समूहका नेताहरु कोटेश्वरमा वरिष्ठ नेता नेपालसँग छलफल गरेर सिंहदरबारस्थित वार्तास्थलमा पुगेका छन ।आजको वार्तापछि एमाले विवाद सकिएर सहमती बन्ने नेताहरुले बताएका छन ।
मिल्न बाँकी रहेका भाषागत विषय पनि मिलिसकेकाले हस्ताक्षरमात्रै बाँकी रहेको नेता सुवास नेम्वाङले जानकारी दिए ।उनका अनुसार एमाले एकताको सन्देश दिँदै कार्यदलले हस्ताक्षर गरेर सहमतिपत्र शीर्ष नेतालाई बुझाउनेछ ।










