सर्वोच्चको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचायो : माधव नेपाल



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको प्रतिक्रीया दिएका छन ।‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए ।

नेता नेपालले मृत्युशय्या‍मा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरे ।संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  २ : ५० बजे