सर्वोच्च अदालतको फैसला ऐतिहासिक : सभापति देउवा



सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर ठहर गरेको फैसलालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक भएको बताएका छन् ।

अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनको भनाई छ ।

संसद विघटनलाई बदर गर्दै सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

सरकार गठनबारे सोधिएको प्रश्नमा उनले गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्ने पनि बताए ।

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ४ : १४ बजे