नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गरेका छन् ।सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक आफ्नो पक्षमा फैसला सुनाएपछि फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको देउवाले बताएका छन् ।
उनले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानुन व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरू, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गरेका छन् ।
देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छु देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ुकसैले पनि यसलाई व्यक्तिगत जीत हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु ।








