सर्वोच्चको फैसला अनुसार आज साँझ ५ बजेभित्र प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँगै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् । सभापती देउबाले साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ।
बिपक्षी गठबन्धनमा आबद्द नेताहरुबिच शुरुमा सानो आकारको मन्त्रीमण्डल बनाउने सहमती भएको सभापती देउबा निकट श्रोतले जानकारी दिएको छ ।देउवाले पहिलो चरणमा कस कसलाई मन्त्री बनाउने भन्नेबारे पार्टीका नेताहरूसँग परामर्श गरिरहेका छन् ।
पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा.मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये बाट सरकारमा सहभागी गराउने छलफल भएको भएपनी नेता ज्ञानेन्द्र बहादुर कार्की,मन्त्री बन्ने पक्का भएको बुझिएको छ ।
माओवादी केन्द्रले यसअघि लामो समय मन्त्री भइसकेकालाई मन्त्री नबनाउने योजना बनाएको बताइएको छ । माओवादी केन्द्रबाट पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। यता क्षमताका हिसाबमा जनार्दन शर्माले फेरि पनि मन्त्री पाउने सम्भावना छ। उनी नेकपा सरकारमा सामेल थिएनन् । देव गुरुङ, देवेन्द्र पाैडेलको नाम पनि चर्चामा छ। त्यस्तै जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले पनि मन्त्रीहरूको नामको अन्तिम तयारी गरिरहेको छ ।








