माओवादीका मन्त्री छान्ने जिम्मा प्रचण्डलाई



नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

बैठकपछि एक नेताले पत्रकारहरुसग कुरा गर्दै भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  १ : ५० बजे