काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठ कोटेश्वर पुगेका छन् ।
बुधबार नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ कोटेश्वर पुगेका हुन् ।
सत्ता गठबन्धनमा रहेको एमालेको असन्तुष्ट समूह गठबन्धनबाट बाहिरिएपछि नेपाललाई भेट्न प्रवक्ता श्रेष्ठ कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
दुई नेताबीचको भेठवार्तामा के विषयमा छलफल भयो भन्नेबारे केहि खुलाएको छैन । बिरामी भएर घरमै आराम गरिरहेका नेता नेपाल भने मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहणमा सहभागी भए।
एमालेमा एकताको प्रयास जारी नै रहेका बेला नेता नेपाल देउवाको शपथमा सहभागी भएको भन्दै उनको दलबाट चर्को आलोचना भइरहेको छ।








