मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा प्रधानमन्त्री बनेपछि भारतका बुद्धिजीवीले दिए यस्तो प्रतिक्रिया, अब के हुन्छ ?



काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भारतको थिंकट्यांक भारतीय विदेश नीति परिषद्का अध्यक्ष वेदप्रताप कौशिकले नेपालको राजनीतिमा भारत मुछिन नहुने धारणा व्यक्त गरेका छन् ।

भारतीय पत्रिका दैनिक भास्करमा लेख लेख्दै उनले देउवा प्रधानमन्त्री त बने तर उनको सरकार कति दिन टिक्ला र भनी प्रश्न गरेका छन् ।

देउवाले संसदमा विश्वासको मत जुटाउन कठिन रहेको कुरालाई स्मरण गर्दै दललाई नभई प्रत्येक सांसदलाई मनाउनुपर्ने बाध्यता देउवालाई रहेको उनी उल्लेख गर्छन् ।

नेपालको आन्तरिक राजनीतिबाट भारत अलग्गै बसेको ठीक भएको कौशिकको टिप्पणी छ । अहिले असमञ्जसको स्थितिमा रहेको नेपालको राजनीतिमा जोडतोडको भन्दा पनि जनताले दिएको स्पष्ट बहुमतका आधारमा सरकार बन्नुपर्ने उनले लेखेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ११ : ५९ बजे