पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले गरे यस्तो खुलासा, के पुरा होला उनको चाहाना ?



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेसंगै आफु अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।

बुधबार बिहान अर्थमन्त्रालयमा पदभार गरेपछि अर्थमन्त्री शर्माले कर्मचारीलाई सम्बोधन गर्दै भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा चाहिन्छ, केवल मलाई काम चाहिन्छ ।’

यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उनको भनाइ छ । आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताए ।

व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफुले भूमिका खेल्ने नउले बताए ।

उनले निष्ठा, इमानदारी र पारदर्शीतालाई भने नभूल्न समेत सचेत गराए । शर्माको काँधमा महामारीबाट अर्थतन्त्रलाई उकास्दै जनअपेक्षा पुरा गर्ने गहन जिम्मेवारी आएको छ ।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  १२ : १० बजे