काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले महिनाभित्र केपी शर्मा ओली पुन प्रधानमन्त्री हुने ठोकुवा गरेका छन् । एक महिनाभित्र शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा ओलीले प्रधानमन्त्रीमा दावी गर्न सक्ने उनको तर्क छ ।
बुधबार निवर्तमान प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् ।
‘केपी ओलीले गरेको विघटन सुँगुरको मुखजस्तो अनि देउवाले गर्न सक्ने विघटन चाहिँ मयुरको प्वाँखजस्तो हुन्छ ? अदालत के भन्छ ?’ उनले प्रश्न गरे ।
बस्नेतले भने, ‘एक महिनापछि केपी ओली फेरि पुनस्स्थापना हुने सम्भावना छ । तर, यदि जालसाँजी गरियो भने पनि ६ महिनापछि हुने चुनावमा एमालेलाई कसैले छेक्न सक्दैन । एमाले बाघ हो । बाघ र सिंहसँग लड्न स्यालहरूले हुल बाँधेर आउनुपर्छ ।’








