मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहे भएको पाँच महिनामै बलिउड अभिनेत्री दिया कसरी बनिन् आमा



काठमाडौं । बलिउड अभिनेत्री दिया मिर्जा बिहेको पाँच महिनामै आमा बनेकी छिन् । दियाले इन्स्टाग्राममार्फत आफुले छोरा पाएको जानकारी दिएसंगै सामाजिक संजालमा बधाईको ओइरो लागेको छ ।

१४ मे जन्मेका उनको छोराको नाम अव्इान आजाद रेखी राखिएको छ । उनलाई गर्भवती भएका बेलामा अचानक एपेन्डेक्टोमी हुँदा गम्भीर ब्याक्टेरियल इन्फेक्सन भएपछि खतरा हुने देखेर समयअघि नै शल्यक्रिया गरी बच्चालाई निकालिएको हो ।

दियाले छिट्टै उनको छोरो घर जाने पनि लेखेकी छिन् । दिया र उनका पति वैभव रेखीबीच सन् २०२१ को फेब्रुअरी १५ मा बिहे भएको थियो । दियाका यो दोस्रो बिहे हो । बिहेका समयमा उनी गर्भवती थिइन् ।

दियाले साहिल संघासँग ११ वर्ष लामो वैवाहिक सम्बन्ध सन् २०१९ मा तोडेकी थिइन् ।

उनले थप्पड, सन्जु, बबी जाजुस, हंगामे पे हंगामा, जिन्दगी तेरे नाम, लभ बे्रक्सअप जिन्दगी, हम तुम और घोष्ट, कौन बोला रु, कुर्बान, लगेरहो मुन्नाभाइ, तुम्को न भुल पाएंगे, दिवानापन, दम, प्राण जाए पर शान न जाये लगायतका दर्जनौं फिल्म खेलिन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : ३४ बजे