मन्त्रिपरिषद् बैठक आगामी साउन ३ गते ४ बजे संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघी सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधि सभा पुन:स्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरे अनुसार सरकारले संसद् अधिवेशन आह्वानका लागी सिफारिसा गरेको हो ।
त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगका पदाधिकारीको म्याद एक वर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ








