बालुवाटारमा देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । शुक्रबार देउवा प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि प्रवेश गरेका हुन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा निकट स्रोतले दिएको जानकारीअनुसार उनी ज्योतिषले दिएको समयमा बालुवाटार प्रवेश गरेका हुन्।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  १० : २५ बजे