नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको उपस्थिति नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेका छौँ। कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय गरेका हौं ’, ज्ञवालीले भने।








