काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् ।
सर्वोच्च अदालतले २८ असारमा पुनस्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ ।
संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए ।
तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको छ ।








