नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आईतबार दिउँसो संसद भवनमा माओवादी केन्द्रले संसदिय दलको बैठक बोलाइएको हो ।
कांग्रेससँगै सत्तामा गएको दल माओवादी केन्द्रले संसदमा अब सांसदको भूमिका र सरकारलाई माओवादी केन्द्रले कसरी सहयोग गर्ने भन्नेबारे छलफल लागि यो बैठक बोलाएको हो ।
माओवादी केन्द्रका अनुसार आज बैठक दिउँसो २ बजे संसद भवन बानेश्वरमा बस्नेछ ।








