एमाले नेता नेपालले दिए यस्तो प्रक्रिक्रिया,के पाउँलान प्रधानमन्त्रीले विश्वासको मत ?



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । उनीहरूले पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।

​‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।

यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  ११ : ५१ बजे