कांग्रेस पार्टी कार्यलयमा शुरु भयो आमरण अनशन



नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टीको कार्यलयमै आमरण अनसन बसेका छन् । आइतबार बिहान साढे ११ बजेदेखी डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायक आमरण अनसन बसेका हुन् ।

धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका हुन छ । यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको डा. यादवले बताए । उनी भन्छन्, ‘यसलाई वाइपास गर्ने वा केन्द्रका दुई–चार जना बसेर निर्णय गर्नु भएन ।’

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  १ : ३० बजे