नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य भीम रावलले पदबाट राजीनामा दिएका छन्। अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले पदबाट राजिनामा दिएका हुन् ।
एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक रहेका रावल पछिल्लो समय शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।
यस्तो छ भीम रावलको राजीनामा पत्र
झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह(अवरोह तथा घात प्रतिघात व्यहोरेको छ र तिनको सामना गरेको छ।
यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समुद्धिको लागि गरेका थिएँ। राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख(समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ। तर राजनीतिक नेतृत्वबाट त्यसविपरीतका काम हुदै देश र जनतालाई अनेको पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए।
फलस्वरूप आज नेपाल र नेपालीको शीर निहुँरिदै गएको छ । केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि(पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी(निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रून्छ।
यस्ता विकृत तथा देश र जनताको हित विपरीतका क्रियाकलापविरूद्ध जुझ्दै तिनलाई रोक्न जनप्रतिनिधि एवम् राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरेँ। तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र घरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अह, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छ।








