नेकपा (एमाले)का नेता गोकर्ण विष्टले पापछिल्लो राजनीतिक घटनाक्रमले फुटको संघारमा पुगेको एमाले एकताका लागि प्रयत्न कायमै रहने बताएका छन्।
पार्टी एकताका क्रममा देखापर्ने विभिन्न घटनाक्रममा पनि एकताका लागि धैर्य नगुमाउन आग्रह गर्दै उनले पार्टी पंक्तिले एकता चाहेको बताएका छन्। भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने दृढ प्रयत्नले सफलता पाउने उनले दाबी गरेका छन्।
यस्तै प्रतिनिधिसभा पहिलो बैठक बाट विश्वासको मत लिने प्रधानमन्त्री शेर बहादुर देउवालाई एमालेका १० सांसदले विश्वासको मत नदिई बाहिरिएका छन् ।
आईतबारको प्रतिनिधिसभा बैठक बाट प्रधानमन्त्री देउवाले आँफुलाई विश्वासको मतका दिनका लागि आग्रह गरे लगतै एमालेका माधव पक्षका १० सासंदहरु बारिएका हुन् । बाहिरिने सासदहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्ट रहेका छन् ।
संसद शुरु भएपछि माधव पक्षका सांसदहरु के गर्ने भनेर संसद भवनमै छलफलमा जुटेका थिए । लामो छलफलपछि कार्यदलमा रहेका नेतासहित १० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले दुवै पक्षमा मतदान नगर्ने निष्कर्ष निकालेर संसद भवनबाट बाहिरिए ।
जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भनेपछि माधव नेपाललाई उनी निकट नेताहरुले संसद जोगिन भयो अब एमाले जोगाउन विश्वासको मत नदिउँ भन्ने प्रस्तावमा नेपालले आफ्नो निर्णय बदल्न नमानेपछि नेताहरु बाहिररिएका थिए ।








