देउवालाई मत दिने सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ओलीले उक्त प्रस्ताव गरेपछि आजै कारबाही गर्नुपर्ने भन्दै केही केन्द्रीय सदस्यहरूको हुटिङ गरेका छन्। आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए। त्यसमध्ये नेता नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने नेपालनिकट १० सांसद तटस्थ बसेका थिए।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका थिए। नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका थिए।

हिरा केसी, पार्वती विसुंखे, गोपाल बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका थिए। यी सबै यसअघि ओली पक्षका सांसद हुन्। उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  १ : ४८ बजे