नेपाल पक्ष सरकारमा जादै,यी सांसद मन्त्री बन्ने



प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको एमाले नेपाल समुह सरकारमा जाने तयारी गरेको छ। उक्त समूहले एमाले उपाध्यक्ष वामदेव गौतमलाई समूहको तर्फबाट उपप्रधानमन्त्रीसहित सरकारमा नेतृत्व गरी पठाउने गृहकार्य गरेको हो।

प्रधानमन्त्रीसँग उक्त समुहले कम्तिमा छ जना मन्त्री र दुई जना राज्यमन्त्री पाउनुपर्ने माग गरेको स्रोतको दावि छ । उपाध्यक्ष गौतम सरकारमा सहभागी भएमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री दिनुपर्ने सो समूहको माग छ। गौतम सरकारमा सहभागी भएमा वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको जिम्मेवारी फेरिन पनि सक्ने उक्त स्रोतको दाबी छ।

एमालेभित्रको नेपाल समूहका तर्फबाट मन्त्री हुने संभावित अन्य अनुहारहरुमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ ‘किसान’, धनबहादुर बुढा र भवनीप्रसाद खापुङको नाम सबैभन्दा अगाडि रहेको छ। चौधरी र किसान राज्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवाले आइतबार विश्वासको मत लिएकाले आजभोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ। अहिलेसम्म कांग्रेसबाहेक नै २४ वटा मन्त्रालयको माग भइसकेकाले प्रधानमन्त्री देउवालाई यो व्यवस्थापन गर्न मुस्किल भएको छ।

यस्तै प्रतिनिधिसभा पहिलो बैठक बाट विश्वासको मत लिने प्रधानमन्त्री शेर बहादुर देउवालाई एमालेका १० सांसदले विश्वासको मत नदिई बाहिरिएका छन् । आईतबारको प्रतिनिधिसभा बैठक बाट प्रधानमन्त्री देउवाले आँफुलाई विश्वासको मतका दिनका लागि आग्रह गरे लगतै एमालेका माधव पक्षका १० सासंदहरु बारिएका हुन् ।

बाहिरिने सासदहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्ट रहेका छन् ।

संसद शुरु भएपछि माधव पक्षका सांसदहरु के गर्ने भनेर संसद भवनमै छलफलमा जुटेका थिए । लामो छलफलपछि कार्यदलमा रहेका नेतासहित १० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले दुवै पक्षमा मतदान नगर्ने निष्कर्ष निकालेर संसद भवनबाट बाहिरिए ।

जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भनेपछि माधव नेपाललाई उनी निकट नेताहरुले संसद जोगिन भयो अब एमाले जोगाउन विश्वासको मत नदिउँ भन्ने प्रस्तावमा नेपालले आफ्नो निर्णय बदल्न नमानेपछि नेताहरु बाहिररिएका थिए ।

 

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  २ : ०६ बजे