काँग्रेस आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी हो : अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला शुरु गर्ने बताएका छन् । सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले काँग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी भएको आरोप लगाए का हुन् ।

‘जनविरोधी काम शुरु गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौं,’ ओलीले भने । यस्तै ओलीले देउवा नेतृत्वको सरकार कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन् ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  २ : ३० बजे