मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरी चर्चामा सलमान खान



बलिउड अभिनेता सलमान खान ५५ वर्षको उमेर भैसक्दा समेत अविवाहित रहेपनि प्रेमको प्रसंगमा भने सधैं अगाडि नै छन् । उनले आफ्नो जीवनमा विभिन्न युवतीहरुसंग प्रेम सम्बन्ध स्थापित गरिसकेका छन् ।

पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली र सलमान खानको करीव ८ वर्षसम्म प्रेम सम्बन्ध रह्यो । सोमी अली १६ वर्षकै उमेरमा बलिउडमा आफ्नो करियर बनाउन र आफ्ना प्रेमी सलमान खानसंग विवाह गर्ने चाहना राख्दै मुम्बई आएकी थिइन् ।

सोमीले सलमान खानलाई प्रेमीको रुपमा प्राप्त त गरिन्, तर दुबैको सम्बन्ध सन् १९९९ मा पूर्णविराम लाग्यो । सोमीले विभिन्न अन्तर्वार्तामा सलमान खानको बारेमा बोलेकी छिन् ।

भर्खरै पनि उनले पुन: एकपटक सलमानसंग आफ्नो सम्बन्धको बारेमा कुरा गरेकी छिन् ।

सोमी भन्छिन् –‘म पछिल्लो पाँच वर्षदेखि सलमानको सम्पर्कमा छैन । जिन्दगीमा अगाडि बढ्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ । म आफ्नो जिन्दगीमा अगाडि बढिसकेकी छु र सलमान पनि आफ्नो जिन्दगीमा अगाडि बढिसकेका होलान् भन्ने मलाई लाग्छ ।’

‘सलमानसंग म टाढा भएपछि उनले धेरै प्रेमिका बनाए, मैले उनलाई सधैं शुभकामना दिँदै आएकी छु । उनको एनजीओ बीइङ ह्यूम्यानले राम्रो काम गरिरहेको छ भन्ने मलाई थाहा छ । मानसिक रुपमा पनि सलमानसंग सम्पर्क नराख्नु मेरो लागि राम्रो छ’, उनले भनेकी छिन् । यो भन्दा पहिला सोमी अलीले सलमान आफूसंग ईमान्दार नभएको बताएकी थिइन् ।

‘हामी अगाडि बढिसकेका छौं । हामी अलग भएको २० वर्ष भइसकेको छ । सलमानले मलाई धोका दिए र मेरो मन तोडेर गए’ सोमी अलीले विभिन्न अन्तर्वार्तामा बताएकी छिन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ०१ बजे