एमाले नेता पाण्डेले किन गरे यस्तो दावि, के होला त सम्भव



नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकै कारण एमाले नफुट्ने दाबी गरेका छन् । एमाले स्थायी समितिका सदस्य समेत रहेका पाण्डेले पार्टी एकता कामय राख्नकै लागि आफूहरू विश्वासको मतमा सहभागी नभएको बताएका हुन् ।

नेता पाण्डेले पार्टी एकताका लागि बनेको कार्यदलका सदस्य रहेका व्यक्तिहरूले विश्वासको मतमा सहभागी नभएको बताउँदै एकताको सम्भावना कायमै रहेको विश्वास व्यक्त गरेका छन् ।

‘एकताका लागि हाम्रो प्रयास जारी छ । एकता जारी रहोस् भनेरै हामी कार्यदलका सदस्यहरू समेत रहेका कसैले पनि कतै मत हालेका छैनौं,’ पाण्डेले भने । शेरबहादुर देउवालाई विश्वासको मत दिएको घटनाले पार्टीमा ठूलो समस्या नआउने उनको बुझाइ छ ।

तर, आजै बसेको नेकपा एमाले केन्द्रीय समितिको बैठकले देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरिसकेको छ ।

त्यस्तै पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ४ : १९ बजे