सरकारले साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकोम छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
अब भारतसँग सातामा पाँचवटा उडान हुने भएको छ । मन्त्रिपरिषद् बैठकले भारतसँगको उडान सातामा पाँचवटा पुर्याउने निर्णय गरेको हो ।यस अघी सातामा दुईवटा उडान हुँदै आएकोआमाअ वृद्धि गरेर पाँच पुर्याउने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आजकै बैठकबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा . रोशन पोखरेल बढुवा भएका छन् ।यसअघि स्वास्थ्य सचिव पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि प्राविधिक सचिव पद रिक्त थियो ।
तेस्तै आजको बैठकले सिन्धुपाल्चोक र लमजुङ जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राख्ने समेत निर्णय गरेको छ ।बाढीपहिरोबाट अत्यधिक क्षति व्यहोरिएका दुई जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको हो ।आजकै बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ ।








