एकाएक यी सांसद र नेताहरुको घरमा किन बढायो सुरक्षाकर्मीको घेरा



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुलाई कारबाहीको धम्कीहरु आउन थालेपछि सुरक्षा बढाइएको छ । प्रहरीले नेपाललाई यसअघि दिइएको सुरक्षाकर्मीभन्दा थप्दै उनको कोटेश्वरस्थित निवास र वरपर पनि सुरक्षाकर्मी बढाइएको हो ।

यस्तै ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद कृष्णलाल महर्जनमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युथ फोर्सका कार्यकर्ताले आक्रमण गर्न सक्ने भन्दै सुरक्षा बढाइएको हो । उनि नेपालका विश्वासपात्र भएकले महर्जनको बालकुमारीस्थित घरमा सुरक्षाकर्मी बढी संख्यामा पुगेका छन् ।

त्यस वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । युथ फोर्सले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुको घर घेर्ने सम्मको कदमहरु चाल्न थालेको छ । त्यसकारण पनि सुरक्षाकर्मी बढाइएको हो ।

युथ फोर्सको पछिल्लो सक्रियतासँगै भिडन्तका घटनाहरुको खतरा बढेको छ । त्यसकारण पनि सुरक्षाकर्मी सांसदहरुको घर बाहिर बढाइएको छ ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  १० : १७ बजे