प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने सहमती भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।
‘प्रधानमन्त्री र अध्यक्षबीच सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको हो’, स्रोतले भन्यो, ‘दुवै नेता सहमतिका आधारमा चल्नुपर्छ भन्नेमा सकारात्मक हुनुभएको बुझिएको छ ।’
यसअघि अध्यक्ष प्रचण्ड आजै बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफलमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।








