पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन ।
देउबा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका बेला प्रचण्ड निवासबाटै खनाललाइ फोन गरेका थिए ।प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए ।मृगौला सम्बन्धी समस्या देखिएपछि खनाल नयाँदिल्लीको एपोलो अस्पतालमा उपचाररत छन । ।








