नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक भर्चुअल माध्यममा चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक बसेको स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने संभावना रहेको एक नेताले बताए ।
यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ ।
सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो । बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।








