एमाले एकताबारे युवा नेता भट्टराईले गरे यस्तो खुलासा, के पुरा होला उनको माग



नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीक अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल बीचको लडाईमा आफुहरु पिल्सिएको बताएका छन् । क्यानडा नेपालको कार्यक्रम सार्थकमा कुराकानी गर्दै नेता भट्टराईले सो कुरा उल्लेख गरेका हुन् ।

‘केपी शर्मा ओलीले आफ्नो निर्णय मात्र सहि भन्ने जस्तो अहम नराखी आफूले गरेको गल्ती स्विकार्नु पर्छ साथै माधव नेपालले केपी ओलीसंगको कुण्ठा त्याग्नुपर्छ अनि मात्र एमाले पार्टीको एकता सम्भव छ । दुवैले आफ्नो तर्फबाट कोशिस नगरि एक अर्काको मुख ताकेर हुँदैन । दुई जनाको लडाईले हामी जस्तो नेताहरु पिल्सिएका छौँ ।’

नेता भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन संसद भवन नपुगेर पार्टी एकताको लागि आफ्नो तर्फबाट पहल गरेको तर्क प्रस्तुत गरेका छन् । ‘मैले विश्वासको मत नदिंदा पार्टी अध्यक्ष तर्फ गएको देखिन्छ त्यसैले मैले संसद भवन नगएर पार्टी एकताको लागि आफ्नो तर्फबाट पहल गरेको हुँ । मैले माधव नेपाल र केपी ओली दुवैको कुरा नमानेर आफ्नो निर्णय लिएको हुँ ।’

यस्तै नेता भट्टराईले अध्यक्ष ओलीले संसद विघटन गर्नु गलत भएको बताएका छन् । ‘अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु गलत थियो र गलत नै हो । मैले सरकारमा हुँदा पनि भनेको हुँ र वहाँले यो कुरा मनन गरेर अघि बढ्नुपर्छ । माधव नेपालले पनि ईगोलाई त्यागेर पार्टी भित्र लडाई गर्नुपर्ने हुन्छ अनि मात्र एकता सम्भव देख्छु । नत्र हामी यी दुवै शिर्ष नेताहरुलाई साईड लाएर हिड्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  १० : ४७ बजे