मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्ध घलान र मुना वाईवाको पहिलो यूगल गीत बजारमा



गायक गायिका द्वय बुद्ध घलान र मुना वाईवाले आफ्नो सांगीतिक जिवनकै पहिलो यूगल गीत “बन्छ तिम्रै नाम” सार्वजनिक गरेर नेपाली सांगीतिक क्षेत्रको यात्राको शुभारम्भ गरेका छन्। गायकरगायिका दुबैले हालसम्म कुनै पनि गीत रेकर्डिङ नगरेको भएता पनि दुबैको आवाज कुनै ब्याबसायिक गायकरगायिका भन्दा कम लाग्दैन।

गीतमा  गीतकार डि.पी. खनालले लेखेका शब्दहरुलाई  संगीतकार शंकर थापा स्माईलले संगीत भरेका छन् भने बिश्व अधिकारीले संगीत संयोजन गरेका छन्। गरिमा शर्मा र कुन्साङ्ग बम्जनको उत्कृष्ट तथा सुन्दर अभिनय रहेको म्युजिक भिडियोमा बुद्ध थापाको छांयाकंन साथै बिकाश धमलाको सम्पादन रहेको छ।

निर्देशक निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोलाई डश म्युजिक नेपालूको यूट्युब च्यानल साथै विभिन्न अडियो प्लेटफर्म मार्फत गीतको अडियो पनि बिश्वब्यापीरुपमा एकैसाथ सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ४९ बजे