नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बानेश्वरमा सुरु भएको छ । बैठकमा एमाले उपाध्यक्ष भीम रावल भने सहभागी छैनन्। नेताहरुका अनुसार उनी बैठकमा आउने/नआउनेबारे टुंगो नभएको बताएका छन्।
सुरूमा ओलीविरूद्ध खरो रूपमा उत्रिएका रावल पछिल्लो समय नेता नेपालसँग टाढिएका छन् । रावलले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई असार २० गते भेटेका थिए। त्यसपछि उनी ओलीतिर ढल्किएको नेताहरूको भनाइ छ।
सुरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निकै सक्रिय भएका रावलले देउवालाई विश्वासको मत दिने दिन भने पार्टीको संस्थागत निर्णयबिना उनलाई भोट दिन नहुने भन्दै सांसद पदबाट राजीनामा दिएका थिए।
उनको राजीनामा भने अहिलेसम्म स्वीकृत भएको छैन।








