नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी बैठक बुधबार पार्टी कार्यालयमा पेरिसडाडाँमा सुरु भएको हो ।
बैठकमा संगठनात्मक विषय, मन्त्रिपरिषद् विस्तार, सरकारको प्रभावकारी सञ्चालनका विषयमा छलफल भइरहेको बताइएको छ । सरकारमा माओवादीका तर्फबाट कसको नाम पठाउने भन्ने विषयमा पनि छलफल भइरहेको स्रोतले बतायो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिइसकेपछि चाँडै मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । तर, सत्ता गठबन्धनका दलहरूले मन्त्रीको नाम पठाएका छैनन् ।








