‘स्पष्टीकरण एकता प्रक्रियामा भाँजो हाल्ने काम मात्रै’



एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेर एकता प्रक्रियामा भाँजो हाल्ने काम गरेको ठहर गरेको छ। बुधबार बानेश्वरमा बसेको स्थायी कमिटीको बैठकले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नरहेको निष्कर्ष निकालेको हो ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सासंदहरूलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधेपछि त्यसलाई माधव नेपाल पक्षले एकता प्रक्रियामा भाँजो हाल्ने काम मात्रै भएको रघुजी पन्तले बताएका हुन्।

‘स्पष्टीकरण सोध्नुपर्ने विषय नै होइन। एकता वार्ता चलिरहेको छ। उहाँहरूले १० बुँदे प्रस्तावलाई केन्द्रीय कमिटिमा स्वीकार गरिसकेको भन्नुभएको अवस्थामा फेरि स्पष्टिकरण सोध्नु भनेको एकता प्रक्रियामा भाँझो हाल्ने काम हो,’ पन्तले भने, ‘र कुनै प्रकारको उत्तेजक काम कारबाहीले एकतालाई असर पुर्याउने नराम्रो प्रभाव कतै पनि पार्न नहुने हाम्रो मान्यता हो।’

बैठकपछि उनले पत्रकारहरूसँग कुरा गर्दै नेता गोकर्ण विष्टले संविधानले सासंदलाई दिएको अधिकारका विषयमा पार्टीले स्पष्टीकरण सोध्न नमिल्ने बताए। सो बैठकमा भीम रावल सहभागी भएका थिएनन्।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  ४ : ४६ बजे