मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलमान खानकी पत्नी र छोरी दुबईमा ?



कलिउड सुपरस्टार सलमान खान अविवाहित छन् । तर केही दिनअघि सामाजिक सञ्जालमा उनी विवाहित रहेको र उनको एक छोरी पनि रहेको आरोप छ ।

आफ्ना भाइ अरबाज खानको टक शो पिन्च २ मा उनले आफ्नो बारेमा चलेको हल्लालाई सम्बोधन गरे ।

गेस्टले ट्रोलहरूबाट गरिएको कमेन्टको जवाफ दिने उक्त शोको कन्सेप्ट हो । सलमानका बारेमा धेरैजसो कमेन्ट सकारात्मक भए पनि केही ट्रोलले उनलाई बेइज्जत पनि गर्न खोज्छन् ।

एउटा ट्रोलले यस्तो लेखेको थियो, ‘कहाँ लुकेको छस् डरछेरुवा रु तँ दुबईमा पत्नी नूर र १७ वर्षकी छोरीसँग बस्छस् भन्ने कुरा भारतमा सबैलाई थाहा छ । भारतका मानिसलाई कहिलेसम्म मूर्ख बनाउँछस् रु’

यस आरोपको खण्डन गर्दै सलमानले भने, ‘यी मानिसहरूलाई सबै कुरा थाहा छ । वाहियात कुरा । पोस्ट गर्नुअघि कसको बारेमा कुरा गर्दैछु भन्ने त थाहा पाउनू नि । एक भाइ, मेरो कुनै पत्नी छैन । म भारतमा बस्छु । नौ वर्षको उमेरदेखि म ग्यालेक्सी अपार्टमेन्टमा बसिरहेको छु । यस्तो मानिसको आरोपलाई म जवाफ दिन चाहन्नँ । भारतमा सबैजनालाई म कहाँ बस्छु, थाहा छ ।’

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १ : २३ बजे