कांग्रेस पदाधिकारीको बैठक सुरु, यी एजेन्डामाथी छलफल हुने



नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक शुरु भएको छ। बैठक शुक्रबार प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुरु भएको हो।

बैठकमा पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको छ। यद्यपि क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ।

यस्तो अवस्थामा महाधिवेशनको मिति सार्ने विषयमासमेत पदाधिकारीबीच छलफल हुने बताइएको छ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १० : १५ बजे