मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बालुवाटार पुगेका छन् । शुक्रबार बिहान मुख्यमन्त्री भट्ट प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ।

यसका साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीले जानकारी दिए।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १२ : ५० बजे