चौतर्फि दवावपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लगेका छन् । रावलले साउन ३ गते प्रतिनिधि सभा सदस्यबाट दिएको राजिनामा शुक्रबार फिर्ता लिएका छन्।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्।
२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।
रावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए। वरिष्ठ नेता नेपालले त उनलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन भनेका थिए।








