नेपाली काँग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकास सिंह कार्किले जिल्लाको महाकुलुङ गाउपालिकाले सबै स्थानिय सरोकार वलाहरुसग छलफल नगरि गाउपालिकाको केन्द्र तोकेकोप्रती ध्यानाकर्षण भएको बताएका छन ।
नेता कार्किले सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण भएको जनाउदै जनप्रतिनिधिहरुले बैज्ञानिक ,ब्यबहारिक र महाकुलुङ्का जनता तथा सरोकार वलाहरुसग बृहत छलफल गरि सहमतिमा प्रशासनिक केन्द्र निर्धारण गर्नुपर्नेमा जोड दिएका छन ।
उनले सर्बसम्बत निर्णय गर्नुपर्नेमा विभिन्न बहानाबाजी गरि मापदण्डको नाटक मन्चन गर्दै मतदानबाट निर्णय गराउनु नियतबस र शङ्कास्पद भएको टिप्पणी गरेका छन ।नेता कार्किले महाकुलुङका जनताको भावना माथि खेलबाड गर्ने निर्णय तत्काल फिर्ता लिन पनि माग गरेका छन ।
कार्किले भनेका छन्,”निर्णय फिर्ता लिएर सम्बद्ध सबै सग छलफल गरि सहमतिमा निर्णय लिनु बाहेक अर्को बिकल्प छैन ।,महाकुलुङमा भैरहेको आन्दोलनप्रती एक्यवद्धता प्रकट गर्दै यो निर्णय छिटोभन्दा छिटो फिर्ता लिइ जनताहरुको भावनाको कदर गर्दै शान्ति सुशासन कायम गर्न विनम्र अनुरोध गर्द्छु।”








