भिम रावलले राजिनामा फिर्ताबारे गरे यस्तो खुलासा



नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजिनामा फिर्ता पछि उत्तेजनामा आएर सांसद पदबाट राजीनामा नदिएको बताएका छन्।

शुक्रबार उनले ट्विटमा उल्लेख गरेका छन्, ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति ,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।’

सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको उनले बताएका छन्।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहभित्र विवाद हुँदा रावलले आवेशमा आएर राजीनामा बुझाएका थिए। तर, पार्टीभित्रबाट चर्को दबाब परेपछि उनले राजीनामा फिर्ता लिएका हुन्।

 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  २ : ५२ बजे