मेरो कार्यकालमा ऋण लिएर भए पनि सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने घोषणा गरेका छन् र शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप प्रतिवद्धता पूरा गरिछाड्ने बताएका हुन्।

उहाँले भन्नुभयो, ‘ऋण, सापट लिएर भए पनि जहाँ जहाँ पाइन्छ महंगो खोपै भए नेपाली जनतालाई लगाउँछौँ भनेर प्रतिबद्धता गरेका छौँ । अवश्य पनि त्यो प्रतिबद्धता पूरा गर्दछौँ ।’

साढे एक वर्षको कार्यकाल आफूले देखिने गरी काम गर्ने पनि उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कार्यकाल एक वर्ष ५/७ महिना मात्र होला । तर कार्यकाल अवधिभर देखिने गरी काम गर्नेछौँ । यसका लागि प्रचण्डजी, उपेन्द्र जी सबै हुनुहुन्छ ।’

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ३ : ४३ बजे