नेकपा माओवादी केन्द्रका अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली अहिले बालकोटको बार्दलीमा छटपटाइ रहेका बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा प्रचण्डले यो छटपटाहट धेरै दिन नटिक्ने समेत बताएका छन् ।
सर्वोच्च अदालतको परमादेश जारी गरेपछि ओली सत्ताबाट पदच्युत भएको इंगित गर्दै उनले भने ुमाधवजीले ओलीलाई महाराज भनेर बडो सुन्दर व्यंग्य गर्नु भो। केपी ओली अहिले विक्षीप्त छन्। कहिले बालकोटको बार्दलीमा छटपटाउछन्। उनको यो छटपटाहट धेरै दिन रहन्न।
ओली केही भक्त हनुमानको भरमा चलेपनि पछि साथ छाड्ने उनको दाबी रह्यो। ओलीका हनुमान त्रेता युगका हनुमान त हैनन्। ओलीलाई चिन्न थालेका छन्, प्रचण्डले भने।अध्यक्ष ‘प्रचण्ड’ले सरकारलाई राम्रो काम गर्न ठूलो चुनौती रहेकाले मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन समेत दिए ।उनले भने,‘सरकारले जनताको जीवन रक्षा पहिलो प्राथमिकता राख्नु सकरात्मक भएकाले मन्त्रीहरुले सोही अनुरुप अवसरलाई सफल बनाउनहोस ।’
उनले आफूभित्रको फोहोरमैला टकटक्याएर असम्भवलाई सम्भव बनाउने अवसर प्राप्त भएकाले ओली सरकारले गरेका गैरकानुनी सेटिङहरु एक एक गरेर भत्काउने बेला आएको बताए । यतिबेलाको प्रतिक्रियावादीहरु यो गठबन्धन टुटाउन लागिरहेकाले सचेत भएर लाग्न सबैलाई आग्रह गरे । अहिले पनि देउवा नेतृत्वको सरकार झन्डै दुई तिहाइको रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।








