एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै करणले नेकपा एक ढिक्का हुन नसकेको बताएका छन् ।
आइतबार गृह जिल्ला गुल्मीको तम्घासमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डका कारणले एक ढिक्का हुन नसकेको दावी गरेका हुन् ।
उनले आफूहरुको ध्यान एमालेलाई एकताबद्ध राख्ने भएको बताए । ‘१० बुँदको स्प्रिट के हो भने पहिलो कुरा त पार्टीलाई एकताबद्ध राख्नु पर्छ’, उनले भने, दोश्रो, हिजो नेकपा एकीकरण हुनु भन्दा अगाडी नेकपा एमाले जहाँ थियो त्यहीँबाटै सुरु गर्नुपर्छ । त्यस सँगसँगै अर्को के कुरा पनि स्वीकार्नुपर्छ भने यस क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमाले आयो, पुर्व माओवादीका थुप्रै नेताहरु जोडिनु भयो ।’
प्रचण्डका कारणले एकता सम्भव नभएपछि पूर्वमाओवादीका नेताहरु एमालेसंग जोडिएको बताएका छन् । उनले नेकपा अदालतले फुटाइदिएको भन्नु गलत भएको पनि टिप्पणी गरे ।
उनले थपे, ‘ अदालतले नेकपा फुटाएको होइन्, उस्तै नामको नेकपा अर्कैले पहिल्यै दर्ता गरि सकेकाले अदालतले अर्को नाम फेर्नुहोस् भनेको हो , कमरेड केपी ओली र प्रचण्ड मिलेर अर्को नाम फेरेर अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेका कारण आ–आफ्नो ठाउँमा फर्किनु परेको हो । ’








