महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



जनता समाजवादी पार्टी नेपालको विवादलाई लिएर अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

निर्वाचन आयोगमा दल विभाजनसम्बन्धी कानुन अनुसार सुनुवाइ भइरहेका बेला परेको रिटमा अन्तरिम आदेश नआएको हो।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  ५ : ३२ बजे